बुटवल– पाल्पा रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना नेपाली काँग्रेसको बिशेष महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएको छ ।
काठमाडौं भृकुटी मण्डपमा चलेकाे दोस्रो बिशेष महाधिवेशनको सन्दर्भमा राखिएकाे फोटोमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राना सहभागि भएका हुन् ।
कुनै पनि राजनीतिक पार्टीको कार्यक्रममा कर्मचारी सहभागि हुन नपाउने व्यवस्था भएपनि राना भने सुटुक्क महाधिवेशनमा गएका हुन् ।
काँग्रेसका नेता प्रदीप पौडेल सहित नेताहरुसँग रानाले तस्विर खिचाएका छन् । तर, स्वास्थ्य शाखा प्रमुख रानाले भने आफू काठमाडौं नगएको प्रतिक्रिया दिए । काँग्रेस नेता प्रदीप पौडेलसँग फोटो आयो नी भन्ने प्रश्नमा ‘फोटो आयो र’ भन्दै उनी अलमलिए । तर उनले आफू काठमाडौं नगएको दावी गरे । ‘म पाल्पा डुम्रे छु, फोटो कस्ले राखेछ’ उनले भने ।
यसअघि पनि पार्टीका महाधिवेशनहरुमा सरकारी कर्मचारी सहभागी भएकोमा आलोचना हुँदै आएको छ ।


