सुनवल नगर अस्पतालको भवन निर्माण सुरु
शनिबार, भदौ १४, २०८२
वि. स. २०७८ भदौ २० गते करिब ९ करोड ४६ लाखमा सम्झौता भई निर्माण कार्य सुरु भएको नगरअस्पताल स्वास्थ्य मन्त्रालयले डिपिआर परिमार्जन गर्नुपर्ने भन्दै स्वीकृति दिन नमानेपछि तीन महिनापछि निर्माण कार्य रोकिएको थियो ।
उता अस्पतालको नाममा स्वामित्व नभएको भन्दै जग्गा विवादको अख्तियारमा मुद्दा र ठेकदारद्वारा अदालतमा मुद्दा समेत तत्कालीन स्थानीय सरकारले खेपिरहेको थियो ।
तीज पर्व सुरु, आज दर खाइँदे
सोमबार, भदौ ९, २०८२
काठमाण्डौ - यसवर्षको तीज आज देखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण
शनिबार, भदौ ७, २०८२
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।
बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित
बुधबार, भदौ ४, २०८२
गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परी बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ ।
केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या बढेको...
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु
मंगलबार, भदौ ३, २०८२
ती मध्ये तीन जनाको मृत्यु भएको हो ।जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु
आइतबार, भदौ १, २०८२
काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ ।आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ ।
जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु
आइतबार, भदौ १, २०८२
रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए।
२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा
बुधबार, साउन २१, २०८२
पुस यता दुई हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिए ।
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
आइतबार, साउन १८, २०८२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।
विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने...
मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि दुर्व्यवहार, कर्मचारी पक्राउ
आइतबार, साउन १८, २०८२
बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् ।
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा
बुधबार, साउन १४, २०८२
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले बताए ।
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन
आइतबार, साउन ११, २०८२
उनले भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य
शुक्रबार, साउन ९, २०८२
बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे ।

-1756547445.jpg)
