Lumbini Rise
जापानीज इन्सेफलाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन -जिल्लाका तीन जनाले जापानीज इन्सेफलाइटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३  देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए ।

ती मध्ये तीन जनाको मृत्यु भएको हो ।जापानीज इन्सेफलाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह गरे । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफलाइटिसका लक्षण हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update