Lumbini Rise
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाइ बरिष्ठ नेताका रुपमा बुटवलमा स्वागत

बुटवल- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आएकी छन् । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि भण्डारी बुटवल आएकी हुन् ।

बुटवल आएकी भण्डारीलाई नेकपा एमाले रुपन्देहीले स्वागत गरेकाे छ ।  एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन् । एमाले सचिव छविलाल विश्वकर्मा,  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला अध्यक्ष यज्ञ गैरेले स्वागत गरे  । 


कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागीता थियो । भण्डारीलाई स्वागत गर्दै नेताहरूले पार्टीको वरिष्ठ नेताका रूपमा उहाँको भूमिकाको स्वागत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update