Lumbini Rise
ओलीको साथ रहदा पनि चयनमा छैनन मुख्यमन्त्री आचार्य
ओलीको साथ रहदा पनि चयनमा छैनन मुख्यमन्त्री आचार्य बुटवल - लुम्बिनी प्रदेशमा एमालेभित्रै मुख्यमन्त्री चेतनारायाण आचार्यको विरोध हुनसक्ने भएकाले पहिले विश्वासको मत दिने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने वचन दिएपछि आचार्य ढुक्क छन् । तर, केन्द्रीय कमिटिको निर्णय समेत नभएको र प्रदेशले नै निर्णय गर्नुपर्ने अडान राख्ने नेताहरुको बाहुल्यताका...
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभएको हो ।
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा स्वीकृत कार्यक्रमको रकम नै दुईजनाको मिलेमतोमा हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता, गुण्डु पुगेर पाए केपि ओलीको आशिर्वाद
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायणकै निरन्तरता, गुण्डु पुगेर पाए केपि ओलीको आशिर्वाद बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो ।...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम दाङ  - लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।
एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा
एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा बुटवल - नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेलाई पुरानै शक्तिमा फर्काउनुपर्ने बताएका छन् ।पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सके एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्‍याउन सकिने उनको विश्वास छ ।
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा बुटवल - लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’
लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’ बुटवल - नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा कुनै प्रक्रिया अघि नबढेपछि लुम्बिनीमा नेपाली कांग्रेसका मन्त्रीहरुको राजीनामा होल्ड भएका छन् । पार्टी केन्द्रले नै प्रदेश सरकार गठनका लागि आफ्नो प्रदेशको आवश्यकताअनुसार पहल गर्ने निर्देशन दिएपछि लुम्बिनीमा मन्त्रीहरूको राजीनामा रोकिएको हो ।
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
Weather Update