भोटेकोशी बाढी पीडितलाई समाजसेवी गोपाल रानाको ५ लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले बाढी प्रभावितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उनले ५ लाख ३ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्धारा रसुवा बाढीकाे बिफ्रिङ : सरकार खोज, उद्धार, उपचार, राहतमा निरन्तर सक्रिय
सोमबार, भदौ १५, २०८३
बुटवल - प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीबारे अपडेट गराएका छन् । साेमबार बेलुका आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराएका हुन् । हेराै प्रधानमन्त्रीकाे स्टाटसकाे...
सुरुङ उद्धारमा आवश्यक परे विदेशी सहयोग लिनुपर्छ : गगन थापा
आइतबार, भदौ १४, २०८३
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र पर्याप्त नदेखिएको भन्दै आवश्यक परे सरकारले विदेशी सहयोग लिन हिचकिचाउन नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पदाधिकारी, केन्द्रीय सदस्य र सरोकारवाला पक्षसँग भएको छलफलमा थापाले सुरुङ उद्धारका लागि बाह्य सहयोग जुटाउन आफूले परराष्ट्रमन्त्रीसँग...
नवलपरासी पश्चिममा ५४ शव र २५ वटा अंग फेला, लुम्बिनीका १६८ वेपत्ता
आइतबार, भदौ १४, २०८३
वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
तिनाउमा एक्कासि बाढी आउदा बगाएर भारतका एक युवाकाे मृत्यू
शनिबार, भदौ १३, २०८३
बुटवल- तिनाउ नदीमा एक्कासि बाढी आएपछि वेपत्ता भएका भारतफउत्तर प्रदेशका युवाकाे शव बुटवलमा भेटिएकाे छ । शनिबार विहान साढे ९ बजे पाल्पाकाे तिनाउ गाउपालिका ३ स्थित तिनाउ पाैडशि खेल्नेक्रममा भारत उत्तर प्रदेश ईटवा सिद्धार्थनगका २१ बर्षय प्रभाष साेनीलाई बाढीले बगाएर वेपत्ता भएका थिए । खोजतलासका क्रममा ११:५२ बजे रुपन्देही बुटवल...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो
शुक्रबार, भदौ १२, २०८३
बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।
नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने
बिहीबार, भदौ ११, २०८३
बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय
बिहीबार, भदौ ११, २०८३
बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने...
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)
बिहीबार, भदौ ११, २०८३
काठमाडौँ - नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको...
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव...
भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार
बुधबार, भदौ १०, २०८३
काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ
मंगलबार, भदौ ९, २०८३
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको विशेष उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।


