भोटेकोशी बाढी पीडितलाई समाजसेवी गोपाल रानाको ५ लाख सहयोग
बुटवल - रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले बाढी प्रभावितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उनले ५ लाख ३ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
ड्रिम इन्टरनेश्नल होटल प्रालिको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सहयोग रकम जम्मा गरिएको समाजसेवी रानाले बताए। रुपन्देहीमा लामो समयदेखि पर्यटन व्यवसायमा रहँदै आएका रानाले शैक्षिक क्षेत्रको बिकासका लागि विभिन्न सामुदायिक विद्यालयहरुमा अक्षकोष स्थापना गर्नुका साथै, अपाङ्गता भएका, अभिभावक विहिन बालबालिका तथा सहयोगापेक्षि मानवहरुका लागि सहयोग प्रदान गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २१:३३
प्रतिक्रिया दिनुहोस्

