Lumbini Rise
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।

 

 

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो  ।

अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update