Lumbini Rise
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध
सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डको सडक सुचारु, रोल्पा र रुकुम पश्चिमका सडक अबरुद्ध बुटवल -  राती परेकाे बर्षाका कारण अबरुद्ध बुटवल- पाल्पा सडक सुचारु भएकाे छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग  अवरुद्ध भएको थियाे  । पहिराे हटाएसँगै विहानदेखि सडक सुचारु भएकाे प्रहरीले जनाएकाे छ । 
लुम्बिनीमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु, पीडितलाई राहतमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनीमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु, पीडितलाई राहतमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन रिषद्ले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मार्फत उक्त रकम खर्च गरिनेछ ।
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन 
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन  बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो । 
लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति
लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको छ। मोर्चाले एमाले र नेकपाको सरकारले जसपा नेपाललाई पार्टी केन्द्रको निर्णय विपरीत सरकारमा सहभागी गराएकोमा आपत्ति जनाउँदै उक्त निर्णय सच्याउन माग गरेको छ ।
कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने
कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने काठमाडौं - नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति गनगकुमार थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । आगामी असोज १६–१९ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा सभापति थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका हुन् ।
पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित)
पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित) बुटवल - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो । श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको...
बिरामी परेका पूर्वाधारमन्त्री लम्साललाई सेनाको विमानमार्फत काठमाडौँ लगियो
बिरामी परेका पूर्वाधारमन्त्री लम्साललाई सेनाको विमानमार्फत काठमाडौँ लगियो धनगढी - सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ लगिएको छ । मन्त्री लम्साललाई आइतबार साँझ नेपाली सेनाको ‘सकाई ट्रक’ मार्फत धनगढीबाट काठमाडौँ लगिएको हो ।
खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह
खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन  काठमाडौं-  पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो । शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका...
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्
रुपन्देहीको रोहिणी गाउँपालिकामा २७१ घरधनीलाई लालपूर्जा वितरण
रुपन्देहीको रोहिणी गाउँपालिकामा २७१ घरधनीलाई लालपूर्जा वितरण बुटवल- रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण...
Weather Update