नेपाली सेनाबाट बाहिर आए केपी ओली
बिहीबार, असोज २, २०८२
बुटवल – निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।
कांग्रेस रुपन्देही–३ : आगजनी र ताेडफाेडमा संलग्नलाइ कारवाहीकाे माग
बिहीबार, असोज २, २०८२
भैरहवा– नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको ‘४० औं नियमित तथा विशेष बैठक’ बिहीबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रीय सभापति एवं युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा पार्टीका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बैठक भएको थियो ।
नेकपा एमाले रुपन्देहीले संविधान दिवस मनाउने
बिहीबार, असोज २, २०८२
बुटवल–नेकपा एमाले जिल्ला कमिटी, रुपन्देहीले शुक्रबार संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले विगतका वर्षहरू जस्तै यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । एमाले रुपन्देहीले बुटवल सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे मनाइने संविधान दिवस समारोहमा...
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य
बिहीबार, असोज २, २०८२
बुटवल- लुम्बिनी प्रदेशसभाको चालू छैटौँ अधिवेशन अन्त्य भएको छ। जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको असर देखिएको हो। प्रदर्शनमा प्रदेशका अन्य विभिन्न सरकारी, निजी प्रतिष्ठानमा आगजनी र तोडफोड भए पनि लुम्बिनी प्रदेशसभा र प्रदेश सरकारका संरचना भने जोगिएको छ।
जेनजी आन्दोलनमा क्षती भएका सम्पत्तीको लुम्बिनी सरकारले विवरण संकलन गर्दै
मंगलबार, भदौ ३१, २०८२
बुटवल- जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिबारे लुम्बिनी प्रदेश सरकारले विवरण संकलन थालेको छ । प्रदर्शनका क्रममा सरकारी भवन, सवारीसाधन, फर्निचर, कागजात, इलेक्ट्रोनिक उपकरण लगायतका क्षतिको विवरण संकलन गरिएको हो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीको बधाई
शनिबार, भदौ २८, २०८२
काठमाडौँ –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
रुपन्देहीबाट अन्तरिम सरकारमा किरण बिकको दावी, शिक्षा मन्त्रालय समाल्ने अठाेट
शनिबार, भदौ २८, २०८२
बुटवल - रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्र्दै शिक्षा मन्त्रालय दावी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
पहिलाे महिला प्रधानमन्त्री सुशिला कार्किले लिईन सपथ
शुक्रबार, भदौ २७, २०८२
काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, प्रतिनिधिसभा विघटन हुने
शुक्रबार, भदौ २७, २०८२
काठमाडौं - प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ। लामो रस्साकस्सीपछि शीतल निवासमा केहिबेरअघि सहमती भएको हो ।
संविधान रक्षाका लागि बुटवलमा शान्तिपूर्ण प्रर्दशन
शुक्रबार, भदौ २७, २०८२
बुटवल- देश र संविधानकाे रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले शुक्रबार बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूकाे सहभागीतामा शान्ति र्याली प्रदर्शन भएको हो।
देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्।
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
बिहीबार, भदौ २६, २०८२
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
बिहीबार, भदौ २६, २०८२
काठमाडौं - अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।


