Lumbini Rise
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

त्यस्तै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको पोखरेलले जानकारी दिए।

यो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update