कांग्रेस महाधिवेशन : कस्तो राजनीतिक संस्कार स्थापित गर्ने !
आइतबार, असोज ११, २०८३
पार्टीको तालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा तहका अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् भने असोज ८ गतेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।
मौसमका कारण रुपन्देहीमा काँग्रेसको क्षेत्रीय अधिवेशन सारियो
आइतबार, असोज ११, २०८३
बुटवल - नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम परिवर्तन गरिएको छ । प्रतिकूल मौसमका कारण यसअघि तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गर्दै नयाँ मिति निर्धारण गरिएको हो ।
काँग्रेस अर्घाखाँची प्रदेश प्रतिनिधिमा दीपक केसीद्वारा उम्मेद्वारी घाेषणा
शुक्रबार, असोज ९, २०८३
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय...
नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
बिहीबार, असोज ८, २०८३
बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।
बुटवलमा वामपन्थी एकतामाथि मन्थन : भिम रावल भन्छन् - 'पदकाे लाेभ त्यागाैं, वामपन्थी शक्ति बलियाे बनाऔ'!
शनिबार, असोज ३, २०८३
बुटवल- नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भिम रावलले नेतृत्वको पदमोह र कम्यूनिष्ट आचरण नभएकाले कम्यूनिष्टहरु कमजोर अवस्थामा आइपुगेको बताएका छन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिष्ट पार्टीहरु निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरुले ससम्मान विदाई भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, पर्यटन मन्त्रीले गरे उद्घाटन
शुक्रबार, असोज २, २०८३
बुटवल - बुद्धजन्मस्थ लुम्बिनीमा आजदेखि तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश)ले उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सिमाभन्दा माथि रहेको बताउँदै वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको...
बुटवलमा वामपन्थी दलहरुबारे शनिबार विचार गोष्ठि हुँदै, भिम रावलले सम्बोधन गर्ने
शुक्रबार, असोज २, २०८३
बुटवल - संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा बापन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठि हुने भएको छ । गोष्ठिलाई वैचारिक तथा देशभक्ति एव् नेकपाका नेता भिम रावलले सम्बोधन गर्नेछन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवल योगिकुटी स्थित सिद्धार्थ कटेजमा लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठि हुनेछ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण
बिहीबार, असोज १, २०८३
बुटवल - लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष हस्तान्तरण गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहीबार मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
एमाले रुपन्देहीका युवा नेता नहकुल शाहीको राजीनामा पत्र बाहिरियो, खास कुरा के हो ?
बिहीबार, असोज १, २०८३
बुटवल -नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य नहकुल शाही ठकुरीले राजीनामा दिएका छन् । नेकपा एमाले रुपन्देहीका अध्यक्षलाई सम्बोधन गरी भदौ ३० गते उनले राजीनामा बुझाएका हुन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुटवल ११ मा निर्वाचित वडा सदस्य हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
बिहीबार, असोज १, २०८३
बुटवल- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा
बुधबार, भदौ ३१, २०८३
बुटवल - केही महिनादेखि धुवाँको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोली मंगलबार पूर्वी नवलपरासी आइपुगेको छ ।खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ ...
लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी
बुधबार, भदौ ३१, २०८३
दाङ - लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन ।नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।
रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ
मंगलबार, भदौ ३०, २०८३
बुटवल - रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, ओमसतिया गाउँपालिका –०६, नारायणपुरस्थित अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले कटुवा पेस्ताेल सहित दुइ जनालाइ पक्राउ गरेको हो ।


