Lumbini Rise
लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, पर्यटन मन्त्रीले गरे उद्घाटन

बुटवल - बुद्धजन्मस्थ लुम्बिनीमा आजदेखि तीन दिने  बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।  सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश)ले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सिमाभन्दा माथि रहेको बताउँदै वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले लुम्बिनीको संरक्षण र विकासको लागि सबैको सहकार्य खाँचो रहेको बताए । उनले लुम्बिनीको सम्पदा संरक्षणमा  विश्व बैंकको साझेदारीमा ग्लाण्ड परियोजना सुरु गरी लुम्बिनीको विश्वव्यापी प्रवर्द्धन गर्न जुटेको बताए।

मन्त्री पौडेलले लुम्बिनी भ्रमण गर्ने गन्तव्यको रूपमा मात्र नभई  बुद्धको शिक्षाको अनुभव गर्ने, शान्ति र करुणा विकास गर्ने, ध्यान र सचेतनाको अभ्यास र आध्यात्मिक र समग्र कल्याण पत्ता लगाउने ठाउँको रूपमा प्रस्तुत गगुर्नपर्ने बताए ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पौडेलले सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस र विश्व बैंक, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ र हाम्रा विकास साझेदारहरू बीच साझा समझदारी निर्माण गर्न मद्दत गर्ने विश्ववास व्यक्त गरे । 

लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा सुरु भएको सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

सम्मेलन उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद सिके गुप्ता, सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन,  नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैंक प्रतिनिधि इलाड सेनफेल्ड लगायतले बोल्दै बृहत्तर लुम्बिनी क्षेत्रको दीगो पर्यटन प्रदर्वद्धन र सम्पदा संरक्षणमा सम्मेलन ऐतिहासिक हुने बताए  ।

सम्मेलनमा स्थानीय पालिकाका प्रमुख एवम राष्ट्रिय अन्तराष्ट्रिय विज्ञहरुको उपिस्थिति रहेको यूनेस्को यूनेस्को सँस्कृती क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताईन् ।

बृहतर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचिन  तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन् ।

संघीय सरकारले बृहत लुम्बिनी क्षेत्रका लागि विश्व बैंकको सहयोगमा अघि बढाइएको ग्लाण्ड परियोजना अन्तर्गत यो सम्मेलन गर्न लागेको हो ।  सम्मेलन असोज ४ गते  साझा घोषणापत्र जारी गरी सकिनेछ । 

लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ ।सोही अनुसार यहाँ हुने यो सम्मेलनले थप टेवा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update