रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ
बुटवल - रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार, ओमसतिया गाउँपालिका –०६, नारायणपुरस्थित अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले कटुवा पेस्तोल सहित दुइ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवटलाई पक्राउ गरेको जनाएको छ । कटुवा पेस्तोल थान–१ र सोही पेस्तोलमा प्रयोग हुने छर्रा २५ राउण्ड समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी आशिष विश्वकर्माले बताए ।
बरामद गरिएको हातहतियार सहित पक्राउ गरिएकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३ १६:३५
प्रतिक्रिया दिनुहोस्

