रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ
मंगलबार, भदौ ३०, २०८३
बुटवल - रुपन्देहीबाट कटुवा पेस्तोल सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, ओमसतिया गाउँपालिका –०६, नारायणपुरस्थित अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले कटुवा पेस्ताेल सहित दुइ जनालाइ पक्राउ गरेको हो ।


