बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् ।
भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।
निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे निर्वाचित भए । घिमिरेले ३४९ मत प्राप्त गर्दा तिर्थराज काफ्लेले २५७ मत प्राप्त गरे ।
महिला उपसभापतिमा गंगा पन्थी निर्वाचित भइन । पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गरे ।
त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित हभए । गिरीले ३४९ मत प्राप्त गर्दा रमेशप्रसाद अधिकारीले २२० मत प्राप्त गरे । सहसचिवमा नारायण खनाल भए । खनालले ३०४ मत प्राप्त गर्दासूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गरे ।
सदस्य युवा खुलातर्फ सगुन पुन र डा. सन्तोषप्रसाद ढकाल निर्वाचित भए । पुनले ३८४ र डा. ढकालले ३६१ मत प्राप्त गरे ।
यसअघि बुटवल नगर समितिको नेतृत्वका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए। भण्डारी समूहबाट गणेश घिमिरे, गंगा पन्थी, अर्जुन गिरी र नारायण खनाल उम्मेदवार बनेका थिए भने मल्ल समूहबाट तिर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले उम्मेदवार बनेका थिए।
६६९ मतदाता रहेपनि आजको मतदानमा ६४८ मत खसेको निर्वाचन अधिकृत जिवनारायण अधिकारीले बताए ।

