नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
बिहीबार, असोज ८, २०८३
बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।


