Lumbini Rise
एमाले रुपन्देहीका युवा नेता नहकुल शाहीको राजीनामा पत्र बाहिरियो, खास कुरा के हो ?

 

बुटवल -नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य नहकुल शाही ठकुरीले राजीनामा दिएका छन् । नेकपा एमाले रुपन्देहीका अध्यक्षलाई सम्बोधन गरी भदौ ३० गते उनले राजीनामा बुझाएका हुन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुटवल ११ मा निर्वाचित वडा सदस्य हुन् ।

उनले राजीनामा पत्रमा जेनजी आन्दोलनपछि पार्टीको पराजय र आफ्नो व्यवसाय समेत सञ्चालन गर्ने भएकाले सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउन आग्रह गर्दै राजीनामा बुझाएको पत्र बाहिरिएको छ। २०६४ सालदेखि एमालेको युवा संघ हुँदै विभिन्न कमिटिहरुमा रहेका थिए । शाही हाल जिल्ला सचिवालय सदस्य तथा बुटवल वडा न. ११ को इन्चार्जको भूमिका थिए भने बुटवल ११ को वडा सदस्य समेत हुन् ।

शाहीको राजीनामा पत्र सामाजिक सञ्जालमा देखिएको तर पार्टीमा दर्ता भइनसकेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनले यसबारे छलफल गरी आवश्यक निर्णय गरिने बताए ।

शाहीको राजीनामा पत्र बाहिरिएसँगै जनप्रतिनिधि पद के हुन्छ भन्ने प्रश्न उठेको छ । राजीनामा बुझाएका शाहीले भने फेसबुकमा आफ्नो गोप्य राजीनामा कसरी बाहिरियो भन्दै प्रश्न गरेका छन् ।  

813804642_943157385503411_2289358985720272265_n-1789623787.jpg

813420909_965034612517960_5891154328314746042_n-1789623788.jpg


 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update