Lumbini Rise
तिनाउमा एक्कासि  बाढी आउदा बगाएर भारतका एक युवाकाे मृत्यू 

 

बुटवल- तिनाउ नदीमा एक्कासि बाढी आएपछि वेपत्ता भएका भारतफउत्तर प्रदेशका युवाकाे शव बुटवलमा भेटिएकाे छ ।

शनिबार विहान साढे ९ बजे पाल्पाकाे तिनाउ गाउपालिका ३ स्थित तिनाउ पाैडशि खेल्नेक्रममा भारत उत्तर प्रदेश ईटवा सिद्धार्थनगका २१ बर्षय प्रभाष साेनीलाई बाढीले बगाएर वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा  ११:५२ बजे  रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १५ उजालापुर स्थित तिनाउ खोलामा मृत फेला परेको प्रहरीले जनाएकाे छ।

भारतबाट  परिवार सहित घुम्न आएका ३ जना मध्ये सोनी तिनाउ खोलामा पौडी खेल्ने क्रममा अचानक पानीको बहाब बढ्न गई बगाई बेपत्ता भएको थिए ।  

प्रहरी चौकी दोभानबाट प्रहरी टोली र इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीसंग समन्वय गरी खाजतलास गर्नेक्रममा बुटवलमा साेनीकाे मृत लास फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षकभिमलाल भट्टराईले बताए । 

पाल्पा क्षेत्रमा पानी गरेकाले पाल्पा र बुटवल क्षेत्रकाे तिनाउमा एक्कासि पानीकाे सतह बढेकाे थियाे । प्रहरीले तिनाउमा पाैडी नखेल्न आग्रह गरेकाे छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update