रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग
बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ ।
टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको उनले बताए ।
विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि राज्यद्वारा सञ्चालन भइरहेका प्रयासमा टोल समितिले साथ दिएर सकरात्मक सन्देश दिन खोजेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २१:१९
प्रतिक्रिया दिनुहोस्

