Lumbini Rise
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)

काठमाडौँ - नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो ।

 

 

बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका छन् ।

विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने प्रतिबद्धता जनाएको छ ।

बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी गरेको छ ।
संयुक्त अपिल जारी गर्ने ८ दलमा रास्वपाका सभापति रवि लामिद्धछाने, कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह छन् ।

785759286_28841623625445075_2733117105055957774_n-1787815834.jpg

786811167_28841624028778368_7332834256661870544_n-1787815834.jpg

784748706_28841624475444990_6148188120086416324_n-1787815836.jpg

786853807_28841625035444934_5307683797889810173_n-1787815836.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update