नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति
मंगलबार, वैशाख १, २०८३
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ ।
नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राख्नुभयो । उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिनुभयो ।
तिलोत्तमामा नविन तरिकाले कविता वाचन
आइतबार, चैत २९, २०८२
रूपन्देही - युवाको लागि युवाले तिलोत्तमामा आईतबार कविता वाचन कार्यक्रम गरेकाे छ । नगरपालिका केÐन्द्रित विभिन्न सृजनशिल कार्यक्रमहरु आयोजना गर्दै आइरहेको यसवाले जेन्जि युवाहरु केन्द्रित " युवा, कविता र चिया " शिर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी
बिहीबार, चैत २६, २०८२
काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली
बिहीबार, चैत २६, २०८२
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत...
लुम्बिनी प्रदेश सभामा संघीय र प्रदेश सरकारका कामबारे छलफल
बिहीबार, चैत २६, २०८२
दाङ - लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठकमा बुधबार संघीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई हिरासतमा लिनु गैरकानुनी भएको दाबी गर्दै उनले...
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीद्वारा ३६६ दिने कार्यसम्पादन सार्वजनिक
बुधबार, चैत २५, २०८२
बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले ३६६ दिनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेकी छन् । जनताप्रति जनप्रतिनिधि जवाफदेही हुनुपर्ने भन्दै सदनमा उठाएका प्रमुख मुद्दा र कार्यान्वयनको अवस्था सहितको रिर्पोट कार्ड बुधबार सार्वजनिक गरेकी हुन् । नेपाली काँग्रेस प्यूठानबाट समानुपातिक सांसद बनेकी गिरीले आफू अधिकांश प्रदेशसभाको बैठकमा उपस्थित भएको बताएकी छन्...
भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा प्रधानमन्त्रीलाई पूर्वअर्थमन्त्री पुनको आग्रह
सोमबार, चैत २३, २०८२
बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास...
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
आइतबार, चैत २२, २०८२
बुटवल - लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।...
प्रतिनिधिसभा बैठकमा कस्ले के भने ?
बिहीबार, चैत १९, २०८२
काठमाडौँ- प्रतिनिधिसभाकाे पहिलाे बैठकमा विभिन्न दलका नेताहरुले आफ्ना कुरा राखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका छन्।
दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी
बिहीबार, चैत १९, २०८२
काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप...
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?
सोमबार, चैत १६, २०८२
नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ
सोमबार, चैत १६, २०८२
शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
ओली–लेखक पक्राउबारे नेकपा बाेल्याे, राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस्
शनिबार, चैत १४, २०८२
बुटवल - नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने धारणा राखेको छ।नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण...


-1784986351.jpg)