लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति
बुटवल अग्रगामी मोर्चाले लुम्बिनी प्रदेश सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाउँदै आगामी प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ ।
मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको छ। मोर्चाले एमाले र नेकपाको सरकारले जसपा नेपाललाई पार्टी केन्द्रको निर्णय विपरीत सरकारमा सहभागी गराएकोमा आपत्ति जनाउँदै उक्त निर्णय सच्याउन माग गरेको छ ।
मोर्चाले जारी गरेको विज्ञप्ति अनुसार, जनता समाजवादी पार्टी, नेपाल (जसपा) को निर्णय र निर्देशन विपरीत लुम्बिनी प्रदेश सभाका सदस्यहरूलाई मन्त्री पदको शपथ गराइएको र २०८३ भदौ १ गते सरकारको पक्षमा मतदान गराइएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३ १९:१६
प्रतिक्रिया दिनुहोस्

