Lumbini Rise
गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन 

बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।

शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो । 

धर्नामा सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा र यौनजन्य अपराधको अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनसँगै सामाजिक जागरण आवश्यक रहेको बताए ।  

प्रदर्शनमा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले हिंसा अन्त्यका लागि देशैभर सचेत युवाहरु जाग्नुपर्ने बेला आएको बताए । 

पुरुष सञ्जालका अध्यक्ष जीवन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  पुरुष सञ्जालका सदस्यहरू तथा विभिन्न क्षेत्रका युवाहरूको सहभागिता थियो।

धर्नामार्फत सहभागीहरूले लैङ्गिक विभेदको अन्त्य, महिला हिंसाविरुद्ध प्रभावकारी अभियान सञ्चालन तथा यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update