Lumbini Rise
गरिमा चौधरी जस्तै गरी छाेरी मारिन नपराेस् भन्दै बुटवलमा महिलाको प्रदर्शन

बुटवल - गरिमा चौधरीको न्यायका लागि शनिबार बुटवलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।  बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका हुन ।

चौधरीको गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको हत्या भएको अवस्थामा भेटिएको थियो ।

घटनामा संलगलाई कारवाहीको माग गर्दै बुटवल ट्राफिकचोकबाट सुरु भएको विरोध प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो ।

ठूलो संख्यामा रहेका महिलाहरूले इलाका प्रहरी कार्यालय गेट बाहिर घटनाको विरोधमा नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे ।

प्रदर्शनका सहभागीले बलात्कारीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । उनीहरुले छोरीहरु किन असुरक्षित भन्दै प्रहरी प्रशासनको ध्यानआर्कषण समेत गराएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update