जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई
बुटवल– १३ स्थित जितेश्वरी आमा समूहले आईतबार जितेश्वरी माध्यमिक विद्यालयमा परिसरमा सरसफाई गरेको छ । आमा समूहको बार्षिक साधारणभाको पूर्वसन्ध्यामा विद्यालय भित्र रहेका झाडी, बुट्यान सरसफाई गरिएको हो ।
जितेश्वरी माध्यमिक विद्यालय परिसरमा झाडी हुर्कदै गएकाले विद्यार्थीहरुलाई मध्यनजर गरी सरसफाई गरिएको जितेश्वरी आमा समूहका अध्यक्ष सिता कार्कीले बताईन ।
महिला समूहसँगै जितेश्वरी टोल विकास संस्थामा आबद्ध ६० भन्दा बढिको संख्यामा उपस्थित भई विद्यालय परिसर सरफाई गरिएको टोलका अध्यक्ष दशरथ पौडेलले बताए । विगतदेखि नै जितेश्वरी टोल संस्थाले रचनात्मक काम गर्दै आइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ २०:४२
प्रतिक्रिया दिनुहोस्

