नेपाली कांग्रेसद्वारा जाँचबुझ आयोगको प्रतिवेदनको निष्पक्षतामा प्रश्न, पक्राउ हतारमा गरिएको आरोप
शनिबार, चैत १४, २०८२
काठमाडाैं - नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्न पुनः माग गरेको छ।
पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक यस्तो माग राखिएको कांग्रेसले भदौ २७ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत पनि सोही विषय दोहोर्याएको थियो।
ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुको प्रदर्शन
शनिबार, चैत १४, २०८२
बुटवल - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्राउ विरुद्ध बुटवलमा एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ । एमालेका विभिन्न जनवर्गिय संगठनहरुले बुटवल मिनचोकमा ओली रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।
ओलीलाई पक्राउ विरुद्ध एमालेको प्रदर्शन, प्रर्दशनकारीमाथि प्रहरीद्धारा लाठी चार्ज
शनिबार, चैत १४, २०८२
काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो।माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ताहरू सिंहदरबारको दक्षिण गेटतर्फ बढेको बेला प्रहरीले लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट एमालेका केही कार्यकर्ताहरू घाइते...
ओली पक्राउबारे एमालेको सचिवालयले गरेका चार निर्णय
शनिबार, चैत १४, २०८२
बुटवल - नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो ।
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी
शनिबार, चैत १४, २०८२
काठमाडौं - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने गरेको निर्णय अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन्। कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा ओली र लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्री ओली र लेखक पक्राउ
शनिबार, चैत १४, २०८२
काठमाडौँ - जेनजी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनाअनुसन्धानका लागि भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । शनिबार विहान ओली लेखकलाई वर्तमान सरकार गठनसँगै पक्राउ गरिएको हो । जेनजी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा...
प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई
शुक्रबार, चैत १३, २०८२
बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन्। उनले नजिकबाट काम गर्ने चाहना व्यक्त गरेका छन्। ‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब...
रुपन्देहीका सुनिल लम्सालले समाले भौतिक पूर्वाधार मन्त्रालय
शुक्रबार, चैत १३, २०८२
बुटवल - आफ्नै विज्ञता अनुसारको जिम्मेवारी पाएका छन् रुपन्देही १ बाट निर्वाचित सुनिल लम्सालले । बालेन शाह नेतृत्वको सरकारमा उनैका सारथी इञ्जिनियर लम्सालले भौतिक पूर्वाधारमा नियुक्त भएका हुन् । रास्वपाका महामन्त्री लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पृष्ठभूमि र पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव...
बालेन नेतृत्वको सरकारकाे यस्ता छन निर्णय
शुक्रबार, चैत १३, २०८२
काठमाडौं - नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत...
बालेन शाह बने प्रधानमन्त्री
शुक्रबार, चैत १३, २०८२
काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए।
नवनिर्वाचित सांसदहरूले लिए शपथ
बिहीबार, चैत १२, २०८२
काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
नवनिर्वाचित सांसदहरूको शपथ (लाइभ)
बिहीबार, चैत १२, २०८२
काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् ।
जनताले अमेरिकी डिजाइन बुझेनन् : मोहन विक्रम
आइतबार, चैत ८, २०८२
बुटवल - नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले गत फागुन २१ गते सम्पन्न चुनावको जनमत अमेरिकी डिजाइन र योजनामा आएको बताएका छन् ।जनताले अमेरिकी साम्राज्यबादको खेल बुझ्न नसक्दा दलहरुले हार व्योहोर्नु परेको बताउंदै अमेरिकी डिजाइन जनताले बुझ्न नसक्दा यस्तो परिणाम आएको बताए ।


-1784986351.jpg)