Lumbini Rise
बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली

बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।

राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो । बुटवल राजमार्गा चौराहाबाट निकालिएको उक्त सद्भाव र्याली ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो ।

समाजमा सद्भाव कायम राख्ने दायित्व सबै नेपालीको भएकाले हामहिरुले सद्भाव र्याली निकालिएको रजा मुस्तफा मस्जित समितिका अध्यक्ष अब्दुल सहमत मियाले बताए ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल लेखिएको ब्यानरसहित र्याली निकालिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update