बुटवलमा निकालियाे शान्ति सद्भाव र्याली
बुधबार, साउन १३, २०८३
बुटवल - सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ। “सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति" भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालिएको हो । बुटवल राजमार्गा चौराहाबाट निकालिएको उक्त सद्भाव र्याली ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो ।


