नाउपाका नेता धनीराम सहितका कार्यकर्ता जनमत पार्टी प्रवेश
आइतबार, भदौ ८, २०८२
बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्म्ुक्ति पार्टीका नेता कार्यकर्ताहर जनमत पार्टी प्रवेश गरेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने
शनिबार, भदौ ७, २०८२
बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड...
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
शुक्रबार, भदौ ६, २०८२
प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ ।पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।
उपसभामुखमाथि यसकारण कठाेर बन्दै छन् काँग्रेस-एमाले?
मंगलबार, भदौ ३, २०८२
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने अभियान थालेका छन्। संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधित्व शून्य भएपछि कांग्रेसले उपसभामुख रानामगरलाई हटाउन खोजेको हो। यसका लागि दुवै दलका सांसदले हस्ताक्षर संकलन गरेका छन्। यद्यपि दुवै दलका प्रमुख सचेतकहरूले हस्ताक्षर संकलन उपसभामुख रानामगरलाई हटाउन नरहेको दाबी गरेका छन्।
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो
मंगलबार, भदौ ३, २०८२
सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ ।
आज राष्ट्रिय सभाको बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
काठमाडौं-राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ ।बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
पाल्पाका तीन कम्यूनिष्ट पार्टीविच एकताका लागि पहल
सोमबार, भदौ २, २०८२
पाल्पा - पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपाका जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । नेपाली प्रगतिशील, साम्यवादी तथा देशभक्त शक्तिहरूबीचको एकता नै क्रान्ति, परिवर्तन र समाजवाद स्थापना गर्ने मुख्य आधार भएको भन्दै पार्टी...
रुपन्देही ३ को उपनिर्वाचनमा प्रा.डा तेजकार्कीको किरण बिकलाई समर्थन
सोमबार, भदौ २, २०८२
आउँदो कार्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण बिकलाई शहरी विकास योजनाकार तथा नीति–निर्माता प्राध्यापक डा. तेज कार्कीले सार्वजनिक रूपमा समर्थन गरेका छन्।उम्मेदवार बिकको मुख्य एजेन्डा रुपन्देहीको भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको उल्लेख गर्दै कार्कीले भने, “किरणले चुनाव जितेपछि यो मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त...
राजनीतिक दल गठन गर्ने दुर्गा प्रसाईको घोषणा
सोमबार, भदौ २, २०८२
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए ।
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, नाउपाको कागजात पुगेन
सोमबार, भदौ २, २०८२
बुटवल - आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन्।
२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन् ।
बुटवल उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान
सोमबार, भदौ २, २०८२
बुटवल–बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ । संघले आईतबार साँझ स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई...
अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल
आइतबार, भदौ १, २०८२
आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे ।
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनको धारणा थियो ।त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा...
भूगोल बनाएर उम्मेद्वार बनेका मधु अर्याल
शनिबार, साउन ३१, २०८२
रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ९ जना सम्भावित उम्मेद्वार छन् । ती मध्येका एक हुन् मधु प्रसाद अर्याल ।रास्वपालाई रुपन्देही क्षेत्र न. ३ मा स्थापित गर्ने भूमिका खेलेका उनी अहिले प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेद्वार हुन् ।


