Lumbini Rise
बुटवलमा प्रहरीकाे अपरेशन चार्ली:  नक्कली नोट छाप्ने मेशिन सहित ६ जना पक्राउ 


बुटवल - रुपन्देहीको बुटवलमा  एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

बुटवल उप महानगरपालिका वडा नं १३ जितगढी स्थित वाल कुमारी घर्ति मगरको दुई वटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी संचालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण), जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय थारु, जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, जिल्ला दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

प्रहरीले घर तथा कोठा खानतलासी गर्ने क्रममा रु। एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट ९जम्मा  ६ लाख २२ हजार बराबर, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक  निशान्त श्रीवास्तवले जानकारी दिए ।

प्रहरीले अपरेशन चार्ली नाम दिएर गरेको अनुसन्धानमा नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।  रुपन्देही जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान  गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update