Lumbini Rise
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित गुल्मी-गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ । 
समानुपातिकमा सिट संख्या निर्धारण, कुन दललाई कति सिट?
समानुपातिकमा सिट संख्या निर्धारण, कुन दललाई कति सिट? बुटवल - निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। 
लुम्बिनीको नतिजा : पूराना विस्थापित गर्दै रास्वपा स्थापित     
लुम्बिनीको नतिजा : पूराना विस्थापित गर्दै रास्वपा स्थापित      बुटवल - लुम्बिनी प्रदेशमा रास्वपाले कुल २६ सिटमध्ये २१ सिटमा जित हासिल गरेको छ । स्थापित नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र राप्रपालाई पराजित गर्दै रास्वपाले ऐतिहासिक जित हासिल गरेको हो । रास्वपाले लुम्बिनीका  १२ मध्ये ८ जिल्ला क्लिनस्विप पारेको छ ।
मतदाता शिक्षा कमजाेर : लुम्बिनीमा एक लाख बढी मत बदर
मतदाता शिक्षा कमजाेर : लुम्बिनीमा एक लाख बढी मत बदर बुटवल - लुम्बिनी प्रदेशमा झन्डै एक लाख १२,००० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार प्रदेशका १२ जिल्लामा पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानमा उल्लेखनीय मत सदर भए पनि केही मत बदर भएको देखिएको हो।
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार बुटवल- नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले १७ लाख ५० हजार बराबरको आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् ।
बालेन्द्रको निर्वाचन खर्च १४ लाख १७ हजार
बालेन्द्रको निर्वाचन खर्च १४ लाख १७ हजार बुटवल - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाहले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।
राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं - माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
रास्वपा दुई तिहाइ उन्मुख
रास्वपा दुई तिहाइ उन्मुख बुटवल - प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ । उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती ठाँउका एकाध...
रास्वपाले रुपन्देहीका ५ वटै क्षेत्रमा जित्याे, लेखजंगकाे मतान्तर हालसम्मकै सर्वाधिक
रास्वपाले रुपन्देहीका ५ वटै क्षेत्रमा जित्याे, लेखजंगकाे मतान्तर हालसम्मकै सर्वाधिक बुटवल- यसअघिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र जसपाले जित्दै आएको रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप पारेको छ। देशभर रास्वपाको लहरजस्तै रुपन्देहीका निर्वाचन क्षेत्र न. १ देखि ५ सम्म घण्टी चिह्र (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले विजयी भएका हुन्।
लुम्बिनीमा नेकपाकाे दाेस्राे जित, राेल्पामा बर्षमानकाे फराकिलाे जित
लुम्बिनीमा नेकपाकाे दाेस्राे जित, राेल्पामा बर्षमानकाे फराकिलाे जित रोल्पा- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राेल्पामा जित हासिल गरेका छन् । उनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाए । 
रुपन्देही १ : रास्वपाका महामन्त्री सुनिल लम्सालकाे शानदार जीत
रुपन्देही १ : रास्वपाका महामन्त्री सुनिल लम्सालकाे शानदार जीत बुटवल- प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२...
नवलपुर १ मा राजन गाैतम विजयी
नवलपुर १ मा राजन गाैतम विजयी  नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।
Weather Update