Lumbini Rise
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न सरकारसँग माग
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न सरकारसँग माग रूपन्देही - चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक र वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ।बुटवलमा असार ६ र ७ गते सम्पन्न सम्मेलनले जारी गरेको ‘बुटवल घोषणापत्र २०८३’ मार्फत सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार, मिडिया उद्योगको...
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो।
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्म वार्षिक बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।११ महिनामा प्रदेश सरकारले वार्षिक बजेटको ४७.२० प्रतिशतमात्रै खर्च गर्न सकेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ५०.६७ प्रतिशत र पुँजीगततर्फ ४४.९२ प्रतिशत बजेट खर्च भएको छ...
ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका मन्त्री लम्सालले संसदबाट सच्याए अभिव्यक्ति
ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका मन्त्री लम्सालले संसदबाट सच्याए अभिव्यक्ति काठमाडौँ– पूर्वाधार विकासमन्त्रीले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशन संसदबाट सच्याएका छन्। बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताएका छन्।विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गरेका थिए।
एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव
एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव बुटवल - नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलनका क्रममा आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल सुरु गरिएको छ। बिहीबार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय भेला सुरु भएको छ। भेलामा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरिने भएको एमालेले जनाएको छ। 
रुपन्देहीकाे तारिख बुझ्न काठमाडाैं अदालतमा रवि लामिछाने
रुपन्देहीकाे तारिख बुझ्न काठमाडाैं अदालतमा रवि लामिछाने काठमाडौं - रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो । तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्। नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ दाङ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित
रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । सदरमुकाम सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । सभापति पदमा निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पराजित गर्दै पराजुली विजयी भएकी हुन् । पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले...
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको बताउँदै नेपालमै दलित समुदायको जीवनस्तर उकास्न, चेतना अभिबृद्धि तथा सिपमुलुक कार्यमा काम गरेको बताए ।
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन बुटवल - व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट गरेका हुन् ।
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री बुटवल - नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।
Weather Update