रुपन्देहीकाे तारिख बुझ्न काठमाडाैं अदालतमा रवि लामिछाने
काठमाडौं - रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।
तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
उनीमाथि सहकारी बचत अपचलन गरेको आरोप छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३ १४:३७
प्रतिक्रिया दिनुहोस्

