Lumbini Rise
सरकारकाे सय दिन पूर्ण असफल :  प्रचण्ड

बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्व सरकारकाे सय दिन पूर्ण असफल भएकाे बताएका छन् ।

नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशकाे प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल  आएका संयाेजक प्रचण्डले  सञ्चारकर्मिसंग बाेल्दै उनले यस्ताे बताएका हुन् । 

" जे आश्वासन र भ्रम दिएर सरकार बनेकाे थियाे, त्याे अनुसार सरकार पूर्ण असफल देख्छु" उनले । उनले वाम एकता भन्दा पनि एमाले काँग्रेस सहितकाे सहकारयकाे खाँचाे रहेकाे बताए । 

एकता बैठकमा संयाेजक प्रचण्ड सहित सहसंयाेजक माधव नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, बर्षमान पुन लगायतका नेताहरकाे उपस्थिति रहेकाे छ ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update