Lumbini Rise
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता रुकुमपूर्व -  रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।
रुपन्देही २ : १० हजार मत गन्दा रास्वपाका सुलभ एमालेका विष्णुभन्दा ७ हजार बढी मतले अगाडि 
रुपन्देही २ : १० हजार मत गन्दा रास्वपाका सुलभ एमालेका विष्णुभन्दा ७ हजार बढी मतले अगाडि  बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । १० हजार ६२९ मत गन्दा सुलभले ७ हजार १५१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १ हजार ६५८ ल्याएका छन्।
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता बुटवल - रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र...
रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा
रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा रुकुमपूर्व - हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ ।
रूपन्देही २ : विष्णुलाइ फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका सुल
रूपन्देही २ : विष्णुलाइ फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका सुल बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।
रुपन्देहीमा ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खस्याे
रुपन्देहीमा ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खस्याे बुटवल - रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खसेको अनुमान गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका ६५ प्रतिशत बढी मत खसेको जनाएकाे हाे ।
माग पूरा नभएपछि दाङ  ३ का २  मतदान केन्द्रमा मतदान बहिस्कार
माग पूरा नभएपछि दाङ ३ का २ मतदान केन्द्रमा मतदान बहिस्कार दाङ - दाङको क्षेत्र नं ३ अन्तर्गतका २ वटा मतदान केन्दमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको सो जिल्लाका सबै केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ को बबई गाउपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालय केन्द्र रहेको जिला केन्दमा १० वटा मात्र मतदान भएको...
देशभर शान्तिपूर्ण रुपमा सकियाे निर्वाचन
देशभर शान्तिपूर्ण रुपमा सकियाे निर्वाचन काठमाडौं - छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।
रुपन्देहीमा मतदानको समय सकियाे , ६० देखि ६५ प्रतिशत मत खसेकाे अनुमान
रुपन्देहीमा मतदानको समय सकियाे , ६० देखि ६५ प्रतिशत मत खसेकाे अनुमान  रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा मतदानकाे समय सकिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे भएपनि लाइनमा रहेकाहरुकाे मतदान जारी छ ।
देशभर​ ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो   ​
देशभर​ ४ बजेसम्म ४५ प्रतिशत मत खस्यो ​ काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ। प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि सन्धिखर्क–४ मा रोकियो मतदान
मतपत्रमा हस्ताक्षर नभएको भेटिएपछि सन्धिखर्क–४ मा रोकियो मतदान अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।
रुपन्देहीमा ६० प्रतिशत मत खस्यो 
रुपन्देहीमा ६० प्रतिशत मत खस्यो  बुटवल -  ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो । केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।
Weather Update