Lumbini Rise
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन 

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण दिइरहेको छ । 

एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरेको हो । 

गुगल मिट मार्फत सञ्चालन गरिएको करिअर आवर अन्तर्गत आईतबार तेस्रो दिन ह्वाई सोसाईटी म्याटर (समाज किन बुझ्नुपर्छ ) भन्ने बिषयमा पत्रकार विनोद परियारले सहजीकरण गरेका हुन् । उनले एसईई दिएको पुस्ताले समाजलाई बुझ्न सक्दा त्यसले समाजमा सकरात्मक प्रभाव पार्न सक्ने बताए ।

पहिलो दिन दोस्रो अध्यापक शंकर भण्डारीले ड्रिम एण्ड रियालिटी र पहिलो दिन अध्येता रामचन्द्र श्रेष्ठले ह्वाई डु वी स्टडी (हामी किन पढनुपर्छ) भन्ने बिषयमा सहजीकरण गरेका थिए । 

 तिलोत्तमा नगरपालिकाले र्सिजनशिल कार्यक्रम गर्दै अघि बढेको अवस्थामा एसईई दिएका विद्यार्थीलाई लक्षित गरी अनलाईन मार्फत प्रशिक्षण दिइएको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताए । उनले कार्यक्रम निकै प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताए ।

अनलाईन करिअर आवर आगामि बैशाख १७ गते सम्म हरेक बेलुका ७ देखि ८ बजेसम्म सञ्चालन हुने आइटी अफिसर ई।सुनिल पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update