बुटवल बजार क्षेत्रमा एमालेको प्रदर्शन
शनिबार, फागुन १६, २०८२
बुटवल - नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले बुटवलको बजार क्षेत्रका मतदातासँग मत मागेका छन् । बजार केन्द्रीत घरदैलोमा उत्साहपूर्वक स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै बजार केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णयअनुसार शनिबार दिनभर उम्मेदार पौडेलसहितका नेताकार्यकर्ता बजार क्षेत्रमा मत मागेका हुन् ।
बुटवल वडा नं १२ र १३ मा बिश्वदीपकाे घरदैलो
शनिबार, फागुन १६, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता बिश्वदीपले सयाैं नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक...
संविधानसभा सदस्य विनाेद पहाडी एमाले प्रवेश
शनिबार, फागुन १६, २०८२
बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।
रुपन्देही ३ मा लेखजंग थापाको घरदैलाे
शुक्रबार, फागुन १५, २०८२
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।
बुटवलमा नेकपाको घरदैलो जारी : परिवर्तनको अभियानमा साथ दिन अपिल
शुक्रबार, फागुन १५, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् ।सयाैं नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उनले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व...
सैनामैना र बुटवलबाट युवाहरु एमाले प्रवेश, एमाले उपाध्यक्ष पौडेलले गरे स्वागत
शुक्रबार, फागुन १५, २०८२
बुटवल - रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको...
सबै जिम्मेवार हुन नसके भदौ २४ को घटना दोहोरिन सक्छ : प्रचण्ड
शुक्रबार, फागुन १५, २०८२
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेकपा नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ,...
हामीसँग योजना छ, हामी बनाउँछौं देश : गगन थापा
शुक्रबार, फागुन १५, २०८२
बुटवल- नेपाली काँग्रेसका सभापती गगनकुमार थापाले फेरी पनि निषेधको राजनीति गरिए मुलुक अर्को दुर्घटनामा जाने बताएका छन् । नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले सबैलाई लिएर जाने तागत काँग्रेससँग मात्रै रहेको बताएका हुन् ।
एमाले कमजोर बनाउने प्रक्षेपण फेल खान्छन्, वास्तविक प्रक्षेपण आउँदैछः एमाले उपाध्यक्ष पौडेल
बिहीबार, फागुन १४, २०८२
रुपन्देही - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् ।
रूपन्देही २ मा कांग्रेसको घरदैलो: चुनाव जित्नेमा उम्मेदवार पौडेल विश्वस्त
बिहीबार, फागुन १४, २०८२
बुटवल- नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन् ।घरदैलो कार्यक्रमको ९ औं दिन आज बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय...
बुटवलमा कार्यकर्ता र मतदाताको लस्करसंगै विश्वदीपको घरदैलो
बिहीबार, फागुन १४, २०८२
बुटवल- रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।सयौ नेता कार्यकर्ताले आज बुटवल बजार क्षेत्रमा मोटरसाईकल र्याली सहित विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन ।
बुटवलमा भोली काँग्रेसको चुनावी सभा : सभापति गगनले सम्बोधन गर्ने
बिहीबार, फागुन १४, २०८२
बुटवल - यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान साढे ९ बजे चुनावी सभा गरिने कार्यक्रम तय गरिएको हो ।
प्राविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने
सोमबार, फागुन ११, २०८२
रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक ज्ञानको अभावमा अपेक्षित उत्पादन लिन पनि सक्नु भएको थिएन ।


