उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी
काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिएकी छन् । ठाकुरलाइ नेकपाले पनि समर्थन गरेकाे छ । रुवीकुमारी उपसभामुख हुने करिव निश्चित छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १५:१०
प्रतिक्रिया दिनुहोस्


