कांग्रेस–एमाले छलफल सकियो, मन्त्री हेरफेरबारे भएन छलफल
बिहीबार, साउन १५, २०८२
काठमाडौं– सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । विहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।
बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
रूपन्देही ३ को उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमाले महासचिवको निर्देशन
बिहीबार, साउन १५, २०८२
बुटवल– आगामि कार्तिक १७ गते हुने रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।नेकपा एमाले महासचिव शंकर पोखरेलले एक महिला सहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका छन् ।
भैरहवामा रास्वपा संसदीय दलको बैठक: नयाँ अभ्यासको थालनीसँगै उपनिर्वाचनको तयारी
बिहीबार, साउन १५, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा संसदीय दलको बैठक गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले यसरी काठमाडौं बाहिर संसदीय दलको बैठक बसेको यो नै पहिलो घटना हो । रुपन्देही क्षेत्र न. ३ मा आगामि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको र रास्वपाका सभापती रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्धामा...
मन्त्री पाण्डेको विरोध गर्ने प्रशान्त गुप्तालाई पार्टीबाटै निष्कासन
बिहीबार, साउन १५, २०८२
बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ । सत्तापक्षलाई विपक्षी मञ्चमा बसेर बजेटमाथिको छलफलमा सघाएबापत सांसद सन्तोष पाण्डेय मन्त्री भए लगतै विवाद चुलिएको हो । पाण्डेय मन्त्री नियुक्त भए लगतै लोसपा भित्र असन्तुष्टि देखिएको थियो । आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै सामाजिक...
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता
बुधबार, साउन १४, २०८२
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन् । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको छ
प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने
बुधबार, साउन १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुुएसनका बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
बुधबार, साउन १४, २०८२
गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।
कारागारमा रहेका रविलाई भेट्न रास्वपाका सांसदहरु रुपन्देहीमा
बुधबार, साउन १४, २०८२
पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरु रुपन्देही आएका हुन् । बाँकी सांसदहरु पनि आज रुपन्देही आएर रविलाई भेट्दै छन् ।
कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाउनुपर्छ : सांसद सापकोटा
मंगलबार, साउन १३, २०८२
नेकपा माओवादी केन्द्र का सांसद माधव सापकोटाले कानुन बनाउँदा सेवा स्तरलाई सुधार गर्ने गरी बनाइनुपर्ने बताएका छन्।
मङ्गलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डको प्रस्ताव: एकता गर्दै अघि बढौं
मंगलबार, साउन १३, २०८२
तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् ।
सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो ।
नेपालमा एमसिसी निरन्तर
मंगलबार, साउन १३, २०८२
नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो ।
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
सोमबार, साउन १२, २०८२
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ : मन्त्री पाण्डे
सोमबार, साउन १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे। उनले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोस्। सरकार समन्वय गर्न तयार छ।


