Lumbini Rise
पूर्व प्रधानमन्त्री ओली र लेखक पक्राउ

काठमाडौँ - जेनजी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनाअनुसन्धानका लागि भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तपूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । शनिबार विहान ओली लेखकलाई वर्तमान सरकार गठनसँगै पक्राउ गरिएको हो । 

जेनजी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो।

कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो। त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध हेलचेक्य्राइँअन्तर्गत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको सिफारिसमध्ये सुरक्षाकर्मीहरू जोडिएको विषयमा अध्ययन गर्न कार्यदल बनाउने तथा बाँकीका हकमा तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो। 

अदालतले आज प्रहरीले जारी गरेको जरूरी पक्राउ पुर्जीलाई समर्थन गरिदिएन भने ओली र लेखक दुवै जना भोलि तत्कालै छुट्नेछन्। 
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update