Lumbini Rise
रुपन्देहीका सुनिल लम्सालले समाले भौतिक पूर्वाधार मन्त्रालय

बुटवल - आफ्नै विज्ञता अनुसारको जिम्मेवारी पाएका छन् रुपन्देही १ बाट निर्वाचित सुनिल लम्सालले । बालेन शाह नेतृत्वको सरकारमा उनैका सारथी इञ्जिनियर लम्सालले भौतिक पूर्वाधारमा नियुक्त भएका हुन् ।

रास्वपाका महामन्त्री लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पृष्ठभूमि र पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव बोकेका लम्सालबाट अब देशको भौतिक विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

वि. सं.२०४७ साल असोज ८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका (बिर्घा) मा जन्मिएका सुनिलको हाल भने रुपन्देही घर हो ।  २०५२ सालमा उनको परिवार रुपन्देहीको बुटवल झरेको थियो । हाल उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । सामान्य परिवारमा जन्मिएका लम्सालले आफ्नो प्रारम्भिक शिक्षा र उच्च शिक्षामा सधैँ अब्बल नतिजा ल्याउँदै आए ।

उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । त्यसपछि छिमेकी मुलुक भारतको निट्टे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर सम्पन्न गरे । अध्ययनप्रतिको उनको रुचि यतिमा मात्र सीमित रहेन, हाल उनी काठमाडौं विश्वविद्यालयबाट ठोस फोहोरमैला व्यवस्थापनु विषयमा विद्यावारिधि गरिरहेका छन् ।

रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित लम्सालले  ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए। मन्त्री लम्साल केवल राजनीतिकर्मी मात्र नभएर एक अनुभवी प्राविधिक विशेषज्ञ पनि हुन् । राजनीतिमा पूर्णकालीन हुनुअघि उनले देशका महत्त्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रत्यक्ष काम गरिसकेका छन् ।

sunil-lamsal1-1774616133.jpg


उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विराटनगर विमानस्थल जस्ता रणनीतिक महत्वका आयोजनाहरूमा प्राविधिक भूमिका निर्वाह गरेका थिए । यति मात्र होइन, ऐतिहासिक सिंहदरबारको पुनर्निर्माणमा पनि उनको विज्ञता उपयोग भएको थियो ।

काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका रूपमा काम गर्दा उनले सहरी व्यवस्थापनका जटिलतालाई नजिकबाट नियालेका छन् । उनले देशका ३५ जिल्लामा नमुना विद्यालय भवन र १२ जिल्लामा अस्पतालका भौतिक पूर्वाधार निर्माणमा समेत योगदान पुर्‍याएका छन् । पछिल्लो समय उनले रुपन्देहीमा निर्माणाधीन ुएक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमुको पूर्वाधार विकासमा पनि सहजीकरण गर्दै आएका थिए ।

राजनीतिक र संसदीय यात्रा

सुनिल लम्सालको पहिचान पछिल्लो समय रास्वपाको एक प्रभावशाली र वैचारिक नेताका रूपमा स्थापित छ । पार्टी स्थापनादेखि नै नीतिगत र सांगठनिक काममा सक्रिय उनी हाल रास्वपाको महामन्त्रीको चर्चामा रहे पनि औपचारिक रुपमा नियुक्त भने भएका छैनन् ।

चुनावका क्रममा उनले ुप्राविधिक दक्षता र व्यवस्थापकीय सोचसहितको राजनीतिुको एजेन्डा अघि सारेका थिए । परम्परागत राजनीतिको साटो डेलिभरीुमा विश्वास गर्ने उनलाई रुपन्देहीका मतदाताले विकासको आशासहित भारी मत दिएर पठाएका हुन् ।

काठमाडौं महानगरपालिकामा शाह मेयर हुँदा उनले सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए। उनले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेको सचिवालयले जनाएको छ।

उनले हाल काठमाडौं विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विधावारिधि अध्ययनरत छन्। उनी उक्त कलेजको स्ववियु सभापति समेत निर्वाचित भएका थिए। 

त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका योजनामा समेत काम गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update