Lumbini Rise
ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुको प्रदर्शन

बुटवल - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्राउ विरुद्ध बुटवलमा एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ ।  एमालेका विभिन्न जनवर्गिय संगठनहरुले बुटवल मिनचोकमा ओली रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा गृहमन्त्री सुदन गुरुगंको राजीनामा माग गर्दै नारा लगाए । अध्यक्ष ओलीमाथि वर्तमान सरकारले प्रतिसोध साँधेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

butwal-1774702610.jpg


एमालेका विभिन्न जनवर्गिय संगठनहरुले सडकमा झन्डा सहित प्रदर्शन गरे । ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउ लगतै एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

656051082_1702778207272104_8332360417238136629_n-1774702652.jpg


 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update