Lumbini Rise
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

काठमाडौं - लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।

 

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएकाे आरोप लागेका थियो ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

 

 

बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update