Lumbini Rise
सुस्तामा भारतीय सेना हतियारसहित पसेपछि स्थानीयको प्रतिकार

बुटवल- नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेका छन्। भारतीय सुरक्षाकर्मी हतियारसहित गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन्।

 

नीयले नेपालमा नआउन भन्दै होहल्ला गरेपछि भारतीय सुरक्षाकर्मी फिर्ता गएका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो। सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले भारतीय सुरक्षाकर्मीलाई लखेटेको बताए।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतीय भुमि मिचेको अभिव्यक्ति दिएपछि सिमानाका बासिन्दाले थप सास्ती बेहोर्नु परेको उनी बताउँछन्।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको र गाउँलेले हल्ला गरेपछि फर्किएको भन्ने थाहा पाएको बताए। उनले आफु आजै सो क्षेत्रमा पुगेर वास्तविक जानकारी लिने बताए।

केही दिनअघि मात्र भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बन्दै गरेको तटबन्ध निर्माण रोकेका थिए। स्थानीयले बताएअनुसार भारतीयले तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update