रुपन्देहीको मायादेवीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
बुटवल - रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले गोली प्रहार गरेर दुई जनालाई पक्राउ गरेको छ । एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेको छ । पक्राउ पर्ने दुवै भारतीय लागुऔषध कारोबारी हुन् ।
खैरो हेरोइन कारोबारीको साथबाट १ थान पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले बताए ।
प्रहरीले एक राउण्ड गोली प्रहार गरेको छ । कारोबारी मोटरसाइकलमा सवार थिए । आरोपीहरूको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३ २१:४४
प्रतिक्रिया दिनुहोस्

