काठमाडाैं- एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएसँगै कम्पनी र केही व्यक्ति तानिने भएका छन् ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेसँगै घटनाले अर्काे माेड लिएको हो।
अभियोगपत्र अनुसार कम्पनीतर्फ इन्फिनिटी होल्डिङ्स, हिमालयन एसेस्ट म्यानेजमेन्ट, फेवा डेभलपर्स, बेगनास डेभलपर्स, रिजेन्ट कोर्ट, अल्फा डेभलपर्स, श्रीनगर डेभलपर्स, डेल्टा डेभलपर्स, लेखनाथ डेभलपर्स र कान्तिपुरी डेभलपर्सलाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ।
त्यस्तै व्यक्तितर्फ दीपक भट्ट, ऋषिराज मोर (सम्पत्ति जफत प्रयोजनार्थ), शुलभ अग्रवाल (सम्पत्ति जफत प्रयोजनार्थ), शुभी अग्रवाल, उपेश बस्नेत र विष्णु पौडेललाई प्रतिवादी बनाइएको छ।

