Lumbini Rise
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा स्वीकृत कार्यक्रमको रकम नै दुईजनाको मिलेमतोमा हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आर्थिक वर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि पेस्की रकम लिई चौधरी र कहाँरले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार सो कार्यक्रमका लागि पेस्कीबापत ६ लाख रुपैयाँ कहाँरको बैंक खातामा पठाइएको थियो। कहाँरको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उक्त चेक रकम उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरी हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update