एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा
बुटवल - नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेलाई पुरानै शक्तिमा फर्काउनुपर्ने बताएका छन् ।
पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सके एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्याउन सकिने उनको विश्वास छ ।
मंगलबार प्रेस चौतारी नेपाल, अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले पार्टीलाई बलियो बनाउन केन्द्रदेखि तल्लो तहसम्म रूपान्तरण आवश्यक रहेको बताए । “हामीसँग रूपान्तरणको विकल्प छैन। जनताले अहिले यही अपेक्षा र खोज गरिरहेका छन्,” उनले भने।
विश्वकर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक परे आफू केन्द्रीय सचिव पदसमेत त्याग्न तयार रहेको स्पष्ट पारे।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ १८:०६
प्रतिक्रिया दिनुहोस्

