Lumbini Rise
नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन


बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

पार्टीको सांगठनिक गतिविधिलाई चुस्त राख्न तथा वर्तमान सरकार, यसका नीतिले पारेको प्रभाव एव्म युवा पुस्तालाई पार्टीमा जोड्ने सन्दर्भमा बैठकमा छलफल गरिएको नेकपाले जनाएको छ ।बैठकलाई सम्बोधन गर्दै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज निर्मल जिसिले अब क्रान्तिकारी कम्यूनिष्ट पार्टी निर्माणका लागि टोल टोलमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले परिवतित समयमा उत्पीडित तथा नेपाली समाजको आवश्यकता अनुसारको पार्टी नेकपा रहेको बताउँदै जनताको घरदैलौमा पुगेर ऐजेन्डा बताउने बेला आएको बताए ।नगर समितिका संयोजक महेन्द्र भुसालले पार्टी एकतापछिको प्रथम एकता बैठकसँगै अब सगठन विस्तार गर्दै जनताको मन जित्ने अभियानमा सामेल हुने प्रतिबद्धता जनाए ।

गत फागुन २१ को चुनावपछि देखिएको परिणामपछि बनेको सरकारले गरेका गतिविधिले जनतामा ठूलो निराशा छाएको बताउँदै यो अवस्थामा आशाको दियोका रुपमा नेकपालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस्तै बैठक तथा प्रशिक्षणमा नेकपाका जिल्ला सहइन्चार्ज राम परियार, अर्का सहइन्चार्ज आशा चौधरी, जिल्ला संयोजक बाबुलाल यादव, केन्द्रीय सदस्यहरु कमल भण्डारी, सुजित विक, बुटवल उपमहानगर इन्चार्ज पुष्पराज ढकाल, माधव पन्थी, तुल्सिराम न्यौपाने लगायतले बोल्दै अब एकताको सन्देश सहित जनताको घरदैलौमा पुग्नुपर्नेमा जोड दिए ।

बैठकले १५१ सदस्यीय नगर समिति बनाउने निर्णय समेत गरेको छ । साथै एक महिनाभित्र वडा सम्मेलन र आगामि असोजभित्र नगर समितिको सम्मेलन गर्ने निर्णय समेत गरेको नेता तुल्सिराम न्यौपानेले बताए

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update