नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
मंगलबार, साउन १२, २०८३
बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।


