Lumbini Rise
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो

बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।

 

 

नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए । 

यस्तै भैरहवाको भिम अस्पतालमा पनि ३ महिलाको शव राखिएको डिएसपी श्रीवास्तवले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अझै शव आउने सम्भावना रहेको समेत उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update